आत्महत्या गरेको ६ दिनपछि कोरोना पुष्टि


आत्महत्या गरेको ६ दिनपछि कोरोना पुष्टि

नेपालगन्ज: आत्महत्या गरेका बाजुराका एक पुरुषमा ६ दिनपछि कोरोना पुष्टि भएकोछ । बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेका ४५ वर्षय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए ।

अत्महत्या गरेकै दिन स्वाब संकलन गरिए पनि हिजो बिहीबार मात्र उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले बताए ।

बडिमालिका नगरपालिका–२ माझिगाउँका उनी ६ जनाको परिवारसहित २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । उनी दमको बिरामी रहेको मेयर बडुवालले बताए ।

बडुवालका अनुसार शुक्रबार साँझ साढे ८ बजेतिर डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो । तर, यकिन कारण अझै खुलेको छैन ।’

आत्महत्यापछि उनको शवलाई क्वारेन्टिनभन्दा केही तल खोला नजिक व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराइले बताए ।