शुक्रबार थपिए ४२६ संक्रमित, २१६ जना डिस्चार्ज
नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेकोछ । निरन्तर पछिल्ला केही दिन यता उकालो लागेको कोरोना भाइरसको ग्राफ बढेर ८ हजार २ सय ७४ पुगेकोछ ।
पछिल्लो २४ घण्टामा देशका २२ वटा विभिन्न प्रयोगशालाबाट गरिएको परीक्षणका क्रममा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज शुक्रबार देशभर थप ४ सय २६ जना संक्रतिमत थपिएको बताए ।
आज थपिएका ४ सय २६ सहित नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको प्रवक्ता डाक्टर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा थप २ सय १६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ह्वात्तै बढेकोछ । हाल नेपालमा कोरोना भाइरसलाई जित्नेको संख्या १ हजार ४ सय २ पुगेको छ ।
यस्तै हालसम्म देशभर कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ । जसमध्ये १६ जनाको मृत्यु पश्चात भएको स्वाब परीक्षणबाट उनीहरुमा कोरोना पोजेटिभ पाइएको हो । मन्त्रालयका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ ।
यो पनि पढ्नुहोस्