File Photo
नेपालगन्ज : कोरोना महामारीकाबीच कोरानालाई जितेर घर फर्किनेको संख्यामा बढोत्तरी भएकोछ । निरन्तर उकालो लागेको कोरोना भाइरस संक्रमणको दरमा आज शुक्रबार थप २ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
उनीहरू देशका विभिन्न स्थानका आइसोलेशन तथा अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।
यसरी कोरोनालाई जितेर घर फर्किनेमा ९ जना महिला र २ सय ७ जना पुरुष गरि कुल २ सय १६ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा जानकारी दिए ।
योसहित नेपालमा हालसम्म १ हजार ४ सय २ जना उपचारपछि निको भएका छन् । जसमध्ये बाँके जिल्लामा शुक्रबार ४१ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।
नेपालमा बिहीबारसम्म २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यसमध्ये १६ जनाको मृत्युपश्चात गरिएको परीक्षणमा कोरोना पोजेटिभ पाइएको हो भने ६ जनाको मृत्यु अगावै गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।
यो पनि पढ्नुहोस्