बाँकेको राप्तीसोनारी र बैजनाथमा १४ जना संक्रमित भेटिए


बाँकेको राप्तीसोनारी र बैजनाथमा १४ जना संक्रमित भेटिए

नेपालगन्ज : बाँकेमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण देखिएकोछ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका दुई पालिकाका १४ जनामा संक्रमण देखिएको हो । आजै बाँकेको जानकी गाउँपालिकाबाट ४१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

नयाँ थपिएका संक्रमितहरु राप्ती सोनारी गाँउपालकिा र बैजनाथ गाउँपालिकमा ७–७ जना गरि १४ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर– ३ की एक १५ महिने बालिका समेतमा कोरोना संक्रमण पाइएको छ ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर–३ का ४० वर्षिय पुरुष तथा वडा नम्बर ८ का पाँच जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । जसमा क्रमस १९, २४, ३९, ३६ र ५० वर्षका पुरुष छन् ।

यस्तै बैजनाथ गाउँपालिका वडा नम्बर–५ मा ३५ वर्षिय एक पुरुष भेटिएका छन् । यस्तै सोही गाँउपालिकाको वडा नम्बर–२ र ३ मा उमेर नखुलेको दुईजना पुरुष सक्रमित भेटिएकाछन् ।

यसैगरी बैजनाथ गाउँपालिका वडा नम्बर–२ मा २१ वर्षिय पुरुष, वडा नम्बर–३ मा ३५ वर्षिय पुरुष र ६ नम्बर वडामा ९ वर्षिय बालक समेत कोरोना पोजेटिभ भेटिएकाछन् ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणबाट आजै बर्दियाको बढैयातालमा २ जना गेरुवामा १ जना र गुलरियामा ४ जनाम कोरोना भाइरस संक्रमण देखिएको छ ।