कोरोना अपडेड : शनिबार थपिए ३३१ संक्रमित, १७६ जना डिस्चार्ज


कोरोना अपडेड : शनिबार थपिए ३३१ संक्रमित, १७६ जना डिस्चार्ज

नेपालगन्ज : शनिबार नेपालमा थप ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशका २२ वटा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

आज थपिएका ३ सय ३१ सहित नेपालमा कुल संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार शनिबार मात्रै देशभर थप ३ सय ३१ जनामा संक्रमण देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको छ । कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ ।

प्रवक्ता डाक्टर गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ । हिजोमात्रै देशभर ४२६ जना संक्रमित थपिएका थिए ।