बाँकेका १० कोरोना संक्रमित डिस्चार्ज


बाँकेका १० कोरोना संक्रमित डिस्चार्ज

File Photo

नेपालगन्ज : शनिबार बाँकेबाट थप १० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट १० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् ।

बाँके खजुरा गाउँपालिकाका ९ जना र नेपालगन्ज उपमहानगरपालिका एक जनाले कोरोनालाई हराएर घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई सय ६० पुगेको छ । बाँकेमा हालसम्म तीन सय ४१ जनामा कोरोना सङ्क्रमण हुँदा दुई जनाको भने मृत्यु भएको छ ।

यसअघि हिँजो शुक्रबार मात्रै बाँकेको जानकी गाउँपालिकाबाट ४१ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए । जसमा एकजना आइसोलेसनबाट भागेका पुरुष समेतलाई डिस्चार्ज गरिएको थियो ।