आईतबार थपिए ४२१, संक्रमित संख्या ९०२६ पुग्यो


आईतबार थपिए ४२१, संक्रमित संख्या ९०२६ पुग्यो

नेपालगन्ज : नेपालमा कोरोना संक्रमितको ग्राफ उकालो लागेर ९ हजार पार भएकोछ । आईतबार नेपालमा थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएसगैं नेपालमा कोरोना संक्रमित संख्या ९ हजार २६ पुगेको हो ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका ४ सय २१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार २६ पुगेको प्रवक्ता डाक्टर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभरबाट थप १ सय ९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ । भने हालसम्म कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ ।

देशका ७७ जिल्ला मध्ये ७५ जिल्लामा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।