नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख अमर बहादुर मल्लसहित ८ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अतिरिक्त हुलाक कार्यालयहरूमा कर्मचारी नियुक्ति गर्दा तथा कार्यालय भवन निर्माणका लागि टेण्डर गर्दा अनियमितता गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
हुलाक कार्यालय प्रमुख मल्ल, नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेश बहादुर केसी र तत्कालीन हुलाक सेवा विभागका शाखा अधिकृत श्याम कुमार सिंहको मिलेमतोमा एक करोड ८२ लाख ६ हजार ९ सय भ्रष्टाचार भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
उनीहरूले मिलेमतोमा आर्थिक वर्ष २०६९/०७० मा २९९ र ०७०/०७१ मा ४१२ जनाको दरबन्दी कायम गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । उनीहरूले वास्तविक दरबन्दीभन्दा १ सय ४७ र २ सय ६० जना बढी देखाई झुट्ठा व्यहोराको गलत लिखत तयार गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
भुक्तानी भएको विवरण समेतलाई आधार नमानी भ्रष्टाचार गरेको अख्तिायारको आरोपपत्रमा उल्लेख छ । आर्थिक वर्ष २०६८/०६९ मा १५२ जना कर्मचारी दरबन्दी रहेकोमा मल्लले हुलाक सेवा विभागमा पेश गरेको जिल्ला हुलाक कार्यालय, दैलेखको अतिरिक्त हुलाक अभिलेखमा २ सय ९९ जना उल्लेख गर्दै भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।