नेपालगन्ज : हालै सरुवा भइ आएका बाँके प्रहरीले बाँके स्थित सञ्चारकर्मीसंग साक्षत्कार गरेकाछन् । बाँकेका क्रियाशिल विभिन्न सञ्चारकर्मीसगं साक्षत्कार गर्दै आफ्ना भावि योजना सार्वजनिक गरे ।
भर्खरै सरुवा भइ आएका बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले आफ्नो कार्यकालमा गर्ने मुख्य १७ बुँदे कामको कार्ययोजना सार्वजनिक गरेकाछन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यालय परिसरमा गरिएको पत्रकार परिचय र भेटघाट कार्यक्रम मार्फत एसपी रानाले जिल्लाको शान्ति, सुरक्षा र अपराध न्यूनिकरणका लागि अघि सारेका योजनामा विशेष गरि हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाह गर्ने काम उनको पहिलो रोजाई रहेकोछ ।
पत्रकारबीचको छलफलमा बोल्दै उनले आफ्ना कार्ययोजना प्रस्तुत गर्दै अपराधिक क्रियाकलाप उपर कानूनी कठोरता आत्मसात गर्दै बिबेकपूर्ण प्रहार गरिने जनाएकाछन् । खुला सीमाना, अपराध, चोरी, निकासी तथा पैठारी नियन्त्रणलाई निस्तेज पार्ने उनले बताए ।
यस्तै उनको कार्ययोजनामा घरेलुु मदिरा, यौन व्यवसाय, जुवातास, चोरी, लुटपाट, कालोबजारी नियन्त्रण, संगठित अपराध तथा गुण्डागर्दी, प्राकृतिक श्रोतको दोहन गर्ने, लागू औषध दुर्व्यसनी तथा ओसार–पसार कारोबार गर्ने जो कोहीलाई पनि नछाड्ने चेतावनी दिएका छन् ।
जिल्लामा जो कोही नयाँ प्रहरी प्रमुख आउँदा प्रस्तुत गर्ने कार्ययोजना भन्दा फरक ढंगको कार्ययोजना उनले पत्रकारबीच सार्वजनिक गरे । जसमध्ये केही महत्वकाक्षिं योजना समेत रहेको पाइएकोछ ।
यसअघिका प्रहरी प्रमुखद्वारा जिल्लामा गुण्डागर्दी, जुवातास, लागू औषध, प्राकृतिक साधनको दोहन, दुर्घटना जस्ता कुराहरु निस्तेज पार्ने खालका बिषयवस्तु राख्ने गर्दथे । तर, एसपी रानाको मुख्य प्राथमिकतामा जनतालाई सहज र सरल रुपले सेवा प्रदान गर्ने विषय नै मुख्य प्राथमिकतामा परेकोछ । यसबाट प्रहरीको ‘प्रहरी मेरो साथी’ र ‘मुस्कान सहितको प्रहरी सेवा’ भन्ने नारालाई टेवा पु¥याउने आँकलन गरिएको छ । एसपी रानाले आफ्ना अनुभव सुनाउदै भने पत्रकारिताका बिषयमा म जानकार छु । पत्रकारबीचको सम्बन्ध र सूचना प्रवाहमा कुनै कन्जुस्याँई नहुने उनको तर्क थियो ।
यी हुन बाँके प्रहरीले अघि सारेको १७ बुँदे कार्ययोजना
१) हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखि सेवा प्रवाहमा जोड
२) अपराधिक क्रियाकलाप उपर कानूनी कठोरता आत्मसात गर्दै विवेकपूर्ण प्रहार
३) खुल्ला सीमा नाकाबाट हुने सीमा अपराध चोरी निकासी तथा पैठारी नियन्त्रण
४) घरेलु मदिरा, यौन व्यवसाय, जुवातास, चोरी, लुटपात र कालोबजारी नियन्त्रण
५) अपराध अनुसन्धान/तहकिकातमा उच्चतम प्रविधिको प्रयोग गरी प्रमाणमुखी अनुसन्धानमा जोड
६) संगठित अपराध तथा गुण्डागर्दी, सीमा अपराध, प्राकृतिक श्रोतको दोहन गर्नेमाथि निर्मम प्रहार ।
७) लागु औषध दुव्र्यसनी तथा ओसार पसार तथा कारोबार नियन्त्रण र न्यूनिकरण
८) फैसला कार्यान्वयन तथा फरार प्रतिबादी पक्राउ
९) सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापन सगैं जनचेतनामुलक कार्यक्रम सञ्चालन
१०) घरेलु हिंसा, लैङ्गिक हिंसा, महिला, बालबालिका, जेष्ठ नगारीक तथा अशक्त व्यक्ति उपर हुने अपराधमा कानूनी कठोरता र पीडित मैत्री वातावरण सिर्जना
११) प्रहरी कर्मचारीको वृत्ती विकासको लागि अवसरको सृजना, रुची अनुसारको जिम्मेवारी र समान अवसर प्रदान गरि सांगठनिक उपलब्धि हाँसिल गर्ने
१२) समुदाय प्रहरी साझेदारी अभियान अन्र्तगत समाजिक अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कार्यान्वयनमा जोड
१३) प्रहरी युनिटहरुको आवश्यकता अनुसार स्तरोन्नती, जग्गा प्राप्ती तथा भवन निमार्ण कार्यमा ठोस पहल
१४) मानव अधिकारको संरक्षण र संबद्र्धन
१५) सामाजिक, धार्मिक भेगियताको विविधताको सुन्दर पक्षलाई भाईचारा कायम राखिनेछ ।
१६) राज्य विरुद्ध हुने कुनैपनि गतिविधिहरुलाई कानून बमोजिम निर्मल गर्ने
१७) कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण र प्रभावकारी व्यवस्थापन