नेपालगन्ज कारागार सहित १० कारागार सेनाको जिम्मा


नेपालगन्ज कारागार सहित १० कारागार सेनाको जिम्मा

File Photo

नेपालगन्ज : सरकारले नेपालगन्ज कारागार सहित १० वटा कारागार सेनाको जिम्मा लगाएकोछ । यसअघि सशस्त्र प्रहरीले सुरक्षा गरिरहेको नेपालगन्जको कारागार सहित देशभरका १० वटा कारागार सेनाको जिम्मा लगाइएको छ ।

कोरोना भाइरस जोखिमका कारण सशस्त्र प्रहरीलाई फिल्डमा परिचालन गर्नुपर्ने अवस्था आएपछि नेपाली सेनाले कारागारको सुरक्षा गर्न थालेको हो ।

सरकारकै निर्णयअनुसार सेनाले कारागारको सुरक्षा गर्न थालेको हो । सशस्त्र प्रहरी बलले सुरक्षा जिम्मा पाएको ललितपुरको नख्खु कारागार, मकवानपुरको भीमफेदी, सुनसरीको झुम्का, मोरङको विराटनगर, पर्साको वीरगन्ज कारागारको सुरक्षा अब सेनाले गर्नेछ ।

यस्तै तौलिहवा कारागार, महोत्तरीको जलेश्वर, नेपालगन्ज र दाङको घोराही तथा तुलसीपुर गरी १० वटा कारागारको सुरक्षा सेनाले गर्नेछ ।