कोरोना अपडेट : सोमबार भेटिए ५३५, संक्रमित संख्या ९५६१ पुग्यो

७६ जिल्लामा संक्रमण फैलियो, निको हुने संख्या २१४२


कोरोना अपडेट : सोमबार भेटिए ५३५, संक्रमित संख्या ९५६१ पुग्यो

नेपालगन्ज : सोमबार नेपालमा ५३५ जना कोरोना संक्रमित थपिएकाछन् । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसगैं नेपालमा कोरोना संक्रमित संख्या ९ हजार ५ सय ६१ पुगेकोछ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गका क्रममा नेपालमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर गौतमले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय ७० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ । यद्यपी योबीच नेपालमा कोरोनाबाट थपको मृत्यु नभएको पाइएकोछ । कुल संक्रमितमध्ये २३ जनाको मृत्यु भएको पनि मन्त्रालयले प्रेस व्रिफिङ्गमा जनाएकोछ ।

मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो पटक मुस्ताङमा कोरोना संक्रमण पाइएको हो । अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी छ ।