नेपालगन्ज : प्युठानमा २ स्वास्थ्यकर्मीसहित २३ जनामा कोरोना संक्रमण देखिएपछि प्युठान नगरपालिका सील गरिएकोछ ।
सोमबार प्युठान नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत दुई जना स्वास्थ्यकर्मीसहित नगरपालिकाका वडा नम्बर २ र ३ का २३ जनामा कोरोना संक्रमण पुष्टि भएसङ्गै नगरपालिकाको सील गरिएको हो ।
कोरोना पोजेटिभ देखिएसगैं प्युठान नगरपालिका सिल गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख गोबिन्द घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार, ती दुई स्वास्थ्यकर्मीसहित २३ जनालाई आइसोलेट गरिसकिएको छ । नगरपालिकाको कार्यालयसङ्गै वडा नम्बर २ को रिची र वडा नम्बर ३ को सेफुङ्ग अनि सापडाडाँ स्वास्थ्य चौकी समेत एक हप्ता सम्मकालागि सील गरिएको घिमिरेले बताए ।
उनले सेवाग्राहीहरु नगरपालिका र स्वास्थ्य संस्थामा आउने भएको हुँदा एकहप्ताकालागि सील गरिएको बताए । सील गरिसकेपछी त्यस क्षेत्रमा कन्ट्रयाक्ट ट्रेसिङका आधारमा आवश्यकता अनुसार स्थानीयहरुको स्वाब संकलन गरी कोरोना परीक्षणको तयारी गरिएको छ ।