अबरुद्ध पृथ्वी राजमार्ग सुचारु


अबरुद्ध पृथ्वी राजमार्ग सुचारु

नेपालगन्ज : पहिरोका कारण अबरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएकोछ । करिब ८ घण्टापछि पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड सुचारु भएको हो ।

मंगलबार बिहानैदेखि अवरुद्ध राजमार्गमा करिब दुई घण्टा लगाएर पहिरो हटाइएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार बिहान करिब साढे ६ बजेबाट अवरुद्ध सडक दुईतर्फी रुपमा यातायात सुचारु भएको छ । पहिरोका कारण बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक सवारीहरु रोकिएका थिए । राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरा नजिकै पहिरो गएको थियो । राजमार्गमा झरेको पहिरो हटाउन डोजर प्रयोग गरिएको थियो ।