नेपालगन्ज : नेपालमा कोरोना संक्रमित संख्या दश हाजर बढी भएकोछ । पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएसगैं नेपालमा कोरोना भाइरस संक्रमित संख्या दश हजार ९९ पुगेको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछिल्लोपटक थप ५ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गका क्रममा उनले भने –पछिल्लो २४ घण्टामा देशभर ५ सय ३८ सहित नयाँ संक्रमित थपिएकाछन् । योसगैं नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।’
यसैबीच पछिल्लो २४ घण्टामा थप ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २ हजार २ सय २४ पुगेको छ । मन्त्रालयका अनुसार मङ्गलबार सुर्खेतमा उपचार गराइएका एक कोरोना संक्रमितको मृत्यु भएसगै नेपालमा कुल संक्रमितमध्ये २४ जनाको मृत्यु भएको छ । नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी छ ।