एउटै टेबलमा दुई सिडिओ


एउटै टेबलमा दुई सिडिओ

सहायक सिडिओ हरि प्याकुरेलकै टेबुलबाट नागरिकलाई सेवा प्रदान गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ । तस्विरः कमल न्यौपाने/सेतोखरी

नेपालगन्ज : ईच्छाशक्ति भए र मन मिले जनताको सेवा गर्दा कुनै शक्तिले रोक्न सक्दैन् । सरकारी वा गैरसरकारी निकायको काम एउटै र एक्लै व्यक्तिले सफल बनाउँने होइन । यसका लागि टीम दरिलो र बलियो तथा दृढईच्छा शक्ति भएको हुनैपर्छ । जसको पछिल्लो उदाहरण हो बाँकेको जिल्ला प्रशासन कार्यालय ।

सहसचिव दरबन्दी रहेको बाँके प्रशासनमा गृह मन्त्रालयले केही साताअघि उप–सचिव हैसियतका रामबहादुर कुरूम्वाङलाई मुख्य सिडिओको भूमिकामा जिम्मेवारी दिएर पठायो । यद्यपी बाँके प्रशासनमा यसअघि नै हरि प्याकुरेल र दीर्घराज उपाध्याय उप–सचिव कार्यरत नै थिए ।

सह–सचिव दरबन्दीका सिडिओ कुमारबहादुर खड्काको कामप्रति सन्तुष्टि नदेखिएपछि उनलाई गृहले मन्त्रालयमा सरूवा गरेको थियो । अहिलेपनि उक्त दरबन्दी खाली नै छ ।

तर, सिडिओको जिम्मेवारी पाएर स्याङ्जाबाट बाँके आएका उप–सचिव रामबहादुर कुर्ची र पदको कुनै प्रवाह नगरी सहायक सिडिओ हरि प्याुकरेलकै टेबलमा बसेर दुबै जनासँगै जनताको सेवामा समर्पित भएका छन् ।

यसले काम र जनता प्रतिको उत्तरदायित्वबोध गराएको छ । अर्कोतिर एउटै पद र जिम्मेवारीका दुई अधिकृतबीचको पारस्परीक सम्बन्ध र दाजुभाईको नाता सुदृढ बनाएको नागरिकलाई भान भैरहेको छ । जनातका काम पनि छिटोछरितो र प्रभावकारी रूपमा भैरहेका छन् ।

हामी जनातको सेवाका लागि सरकारले खटाएको ठाउँमा जाने र सरकारकै निर्देशन अनुसार नीति नियम तथा आचरणमा रहेर काम गर्ने कर्मचारी हौं बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ले भने ‘जनातको सेवा गर्दा जहाँ जसरी सहजता अपनाउँन सकिन्छ त्यहिबाट सहज र प्रभावकारी सेवा प्रदान गर्ने हो ।’