कोरोना अपडेट : एकैदिन भेटिए ६२९ संक्रमित, ११४ जना डिस्चार्ज


कोरोना अपडेट :  एकैदिन भेटिए ६२९ संक्रमित, ११४ जना डिस्चार्ज

नेपालगन्ज : पछिल्लोपटक सबैभन्दा बढि कोरोना संक्रमित आज बुधबार भेटिएकाछन् । नेपालमा पछिल्लो २४ घण्टामा गरिएका परीक्षणबाट एकैपटक थप ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङ्ग यस्तो बताएका हुन् ।

आज थपिएका ६ सय २९ सहित नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ सय १४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ । जसममा कुल संक्रमितमध्ये २४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ । भने नेपालको रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिएको छैन ।