नेपालगन्ज: कोरोना भाइरस संक्रमणको तथ्यांकलाई हेर्दा प्रदेश पाँचमा संक्रमित संख्या तीनहजार नजिक पुगेकोछ । प्रदेश ५ मा बुधबार मात्रै पाल्पाका १४ जनासहित १ सय ८ जना नयाँ संक्रमित थपिएका थिए ।
प्रदेश जनस्वास्थ्य निर्देशनालयले बुधबार राती अबेर अद्यावधिक गरेको तथ्यांक अनुसार प्रदेश ५ मा कारोना संक्रमितको संख्या २ हजार ९ सय ४ पुगेको हो । बिहीबार बिहान पाल्पामा ९३ जना संक्रमित थपिएसँगै प्रदेश ५ मा संक्रमितको संख्या तीन हजार नजिक पुगेको हो ।
प्रदेश पाँचको जिल्लागत रुपमा कपिलवस्तुमा ७ सय ४, बाँकेमा ३ सय ५०, पाल्पामा ३ सय ३९, दाङमा ३ सय २८, रुपन्देहीमा २ सय ६६, अर्घाखाँचीमा २ सय ५०, गुल्मीमा २ सय ४७, प्युठानमा १ सय ८४, बर्दियामा १ सय ५५, नवलपरासीमा ७८, रोल्पामा ४५ र रुकुमपूर्वमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।