File Photo
नेपालगन्ज : आगामी तीदिन देशभर भारी वर्षा भइ नदीमा पानीको बहाव बढ्ने हुदाँ सर्तकता अपनाउन आग्रह गरिएकोछ ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले वर्षाका कारण आगामी तीनदिन मुलुकका विभिन्न नदीमा पानीको बहाव बढ्न सक्ने तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएकोछ ।
‘आज कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा पानीको बहाव बढ्दो हुने, सबैमा बहाव सतर्कताभन्दा तलै भएपनि कोसी र कर्णालीको केही साना सहायक नदीमा बहाव सतर्कता तह आसपाससम्म पुग्न सक्ने देखिन्छ ।’ विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ, ‘आज कन्काइ, कमला, वागमती, पश्चिम राप्ती, बबईलगायतका नदीमा बहाव बढ्ने, सबैमा बहाव सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ । तर, कन्काई, बागमती, पश्चिम राप्ती र बबईका केही सहायक नदीमा तुलनात्मकरुपमा बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने देखिन्छ ।’
त्यस्तैगरी आज झापा, मोरङ, सुनसरी, धनकुटा, प्रदेश २ का सबै जिल्ला, उदयपुर, सिन्धुली, ओखलढुंगा, रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं उपत्यका, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही, दाङलगायत पाँच नम्बर प्रदेशका सबै जिल्ला, सुदूरपश्चिमका जिल्लाका खोलाहरुमा बहाव आउन सक्ने पूर्वानुमान छ ।