बाँकेबाट थप पाँच कोरोना संक्रमित डिस्चार्ज हुदैं


बाँकेबाट थप पाँच कोरोना संक्रमित डिस्चार्ज हुदैं

File Photo

नेपालगन्ज : बाँकेमा आज थप पाँच जना कोरोना संक्रमित डिस्चार्ज गरिदैंछ । बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइरला प्रखर क्यान्सर अस्पताल र बैजनाथ गाउँपालिकाको आइसोलेसनमा रहेका थप पाँच जना डिस्चार्ज गरिन लागेको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठका अनुसार खजुराबाट १ जना र बैजनाथबाट ४ जनालाई डिस्चार्ज गरिन लागेको हो । यसअघि बुधबार बाँकेका ९ जनाले कोरोना जितेर घर फर्केका थिए । भने हिजो बिहीबार मात्रै थप २३ जना कोरोना संक्रमित डिस्चार्ज भएपछि यतिबेला बाँकेको आइसोलेसनमा रहेका संक्रमित कम हुदै गएकाछन् ।

कार्यालयका कोरोना फोकल पर्शन श्रेष्ठका अनुसार बिहीबार २३ जना निको भएर घर फर्किएपछि अब ६८ जना कोरोना संक्रमितहरु मात्र जिल्लाका विभिन्न आइसोलेसनमा उपचाररत रहेको श्रेष्ठको भनाईछ । त्यसमध्ये पाँच जनालाई आज डिस्चार्ज गरिदैछ । श्रेष्ठले थपे ‘आइसोलेसनमा उपचाररत सबै संक्रमितको अवस्था सामान्य छ । रहेकोछ ।’

हालसम्म बाँके जिल्लामा कुल ३ सय ५० जना कोरोना सङ्क्रमित भेटिएका छन् । यो अवधिसम्म जिल्लाका विभिन्न क्वारेन्टिन र आइसोलेसनमा ६ हजार कोरोना संक्रमित तथा आसंकित ब्यक्ति रहेका थिए भने हाल जिल्लाका विभिन्न क्वारेन्टिन र आइसोलेसनमा एक हजार एक जना मात्र रहेको फोकल पर्शन श्रेष्ठ बताउँछन् ।

जिल्लामा कुल संक्रमित मध्ये २८८ जनाले कोरोना जितेर घर फर्किएका छन् जसमा विरामी हेरालु तीन जना सहित जम्मा २ सय ९१ जनाले कोरोना जितेको फोकल पर्शन श्रेष्ठ बताँउछन् । उनले भने–जम्मा संक्रमित मध्ये नरैनापुर र बैजनाथ गाउँपालिकाका एकएक जना पुरुष र महिलाको मृत्यु भएकोछ ।

बाँके जिल्लामा पहिलो पटक गत वैशाख १९ गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ जोलाहनपुर्वाका एक ६० वर्षिय बृद्धामा कोरोना संक्रमण देखिएको थियो ।