मोरङ, कास्की र बाँके आउन शक्ति केन्द्र धाउनेको लर्को
नेपालगन्ज: नेपाल प्रहरीको सूचीमा बाँके तेस्रो नम्बरमा पर्ने गरेको छ । प्रहरी सूचीअनुसार पहिलोमा मोरङ, दोस्रोमा कास्की र तेस्रोमा बाँके छ । केहीदिनअघि भएको एसपीको सरूवामा यी तीन जिल्ला जानका लागि थुप्रै एसपीहरूले शक्ति केन्द्र धाएको खुलेको छ ।
तर, पहुँच अभावका कारण ६ जना एसपीहरू यी जिल्लामा जानबाट बञ्चित भएका छन् । बाँकेपछि कपिलवस्तु, तनहुँ, सिरहालगायतका जिल्ला प्राथमिकता क्रममा रहेका छन् ।
आकर्षक जिल्लामा इन्चार्ज हुनका लागि शक्ति केन्द्र दौडधूप गर्ने ३६ एसपीमध्ये ६ जना चिप्लिएका छन् । जसमा दानबहादुर मल्ल पहिलो नम्बरमा देखिएका छन् ।
कास्की सरूवा हुनका लागि एसपी आभूषण तिम्सिना पनि लागेका थिए । उनले विवादास्पद म्यानपावर सञ्चालक रघु पुरी र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग धेरै पटक भीआइपी रेष्टुरेन्टमा बसेर शक्ति परिचालनको कोसिस गरेको खुलेको छ । तर, पनि उनी पनि पर्न सकेनन् ।
गण्डकी प्रदेश ट्राफिकका एसपी विनोद घिमिरेले पनि जिल्ला ताकेका थिए । बेलबहादुर पाण्डेको नाम बाँकेका लागि सिफारिसमा थियो । तर, उनी पनि अन्तिममा हिस्स परेका छन् । उनलाई बाँके ल्याउने पक्षमा प्रस्तावित लुम्बिनी प्रदेशका डीआइजी रविन्द्रसिंह धानुक लागेका थिए । तर, धानुकको चाहनाबिपरीत ओम रानालाई बाँकेमा पठाईएको स्रोत बताउँछ ।
कास्किमा रहँदा एउटा घटनामा उनले गतिलै भूमिका खेलेका थिए । त्यो भूमिकाले उनलार्य केही चर्चित पनि बनायो । माथिसम्म राम्रो पहुँच रहेकाले प्रायः सधैं आकर्षक बृत्त वा जिल्लाको इन्चार्ज हुने मौका पाएका छन् ।
प्रकाश रानाभाट त्यस्तै अर्का पात्र हुन् । जो मोरङ वा कास्की जान चाहिरहेका थिए । उनी हेटौंडा ट्राफिकको प्रमुख छन् । पुनः आकर्षक जिल्ला ताकेका थिए । उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हुँदा उनले याक एण्ड यति क्यासिनोको उजुरीमा ठूलो आर्थिक चलखेल गरेका विषयका कारण उनी विवादमा परेका थिए ।
बाँकेको इन्चार्ज भइसकेका एसपी अरुण पौडेल तनहुँको इन्चार्ज बन्ने मौका पाएका छन् । बाँकेमा हुँदा करोडबढी कुम्ल्याएर गएको आरोप लागेका एसपी पौडेलले अब तनहुँमा क्रसर उद्योगबाट क्रसर उदोगबाट अझै कुम्ल्याउँछन वा एक्सन लिन्छन् ? त्यो भने हेर्नबाँकी नै छ । बाँकेबाट बागमती प्रदेशमा सरूवा भएको एक वर्षमै उनी पुनः तनहुँमा सरुवा हुने अवसर पाएका छन् ।