नेपालगन्ज: नेपालमा कोरोना संक्रमण संख्या १२ हजार बढि भएकोछ । पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पाइएसगै नेपालमा कोरोना भाइरस संक्रमित संख्या १२ हजार नाघेको हो ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछिल्लो पटक थप ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
आज थपिएका ५ सय ५४ सहित नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । यसबीच पछिल्लो २४ घण्टामा थप १ सय ३६ जना उपचारपछि निको भएर घर फर्केकाछन् । यो सहित डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ३४ पुगेको छ । कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ ।