नेपालगन्ज: हालसम्म कोरोना संक्रमित नभेटिएको रसुवा जिल्लामा पनि कोरोना संक्रमित भेटिएकोछ ।
शनिबार रसुवामा पनि संक्रमण देखिएपछि नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको पुष्टि भएकोछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार देशभर ५ सय ५४ जना संक्रमित थपिएका छन् । देशभर १२ हजार ३ सय ९ जनामा संक्रमण देखिएको छ । यी मध्ये २८ जनाको मृत्यु भएको छ भने २ हजार ८ सय ३४ जना संक्रमण मुक्त भएका छन् ।