नेपालगन्ज : सलहको एउटा झुण्डले २५ सय जना वा १० वटा हात्तीलाई पुग्ने खाना बराबरको वनस्पती खाने बिज्ञहरू बताउँछन् । यतिबेला तराईमा धमाधम धान रोपाईँ भइरहेको छ । पहाडमा मकै लगायतका बाली छन् ।
कृषि मन्त्रालयमा लामो समय काम गरेका पूर्व सचिव डाक्टर हरि दाहाल सलह किरा जहाँ बस्छ त्यहाँको बाली समाप्त गर्ने बताउँछन् । उनी यसको झुण्ड कत्रो आउँछ र हावाको बहाव कस्तो हुन्छ भन्ने कुराले हेरेर मात्रै कति क्षति पु¥याउँछ भन्ने थाहा पाउन सकिने बताउँछन् ।
कृषि मन्त्रालयले बारा, पर्सा र सर्लाही हुँदै नेपाल प्रवेश गरेको बताएको छ । पहाडसम्म पुग्छ कि पुग्दैन भन्न सकिदैन । पूर्व सचिव दाहाल भन्छन्, ‘उत्तरबाट दक्षिण बग्ने गरी हावा चल्यो भने पनि क्षति कम हुन सक्छ ।’
मनसुनमा हावा पूर्वबाट पश्चितर्फ बग्ने भएकाले बारा, पर्साबाट सहल पश्चितर्फ जाने संभावना बढी देखिन्छ । यद्यपि अहिले नै पूर्वमानुमान गर्नु धेरै हतार हुने दाहाल बताउँछन् ।
यी हुन् नियन्त्रणका उपाय
नेपालमा सलहको प्रवेश पहिलो पटक भएको होइन । आजभन्दा ६० वर्ष पहिले सलह आउँदा नियन्त्रणका प्रभावकारी उपाय अपनाउन नसकेको जानकारहरू बताउँछन् । रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन् ।
करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुल र जालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्ने सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हुन सक्छ ।
विषादीको प्रयोग सलह नियन्त्रणको प्रभावकारी उपाय भएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ ।
तर, एकैपटक ठूलो क्षेत्रमा छर्नु पर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा प्रभावकारी हुने जानकारहरू बताउँछन् । यी सबै विषादीको प्रयोग गर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाउने लगायतका सावधानी अपनाउनुपर्ने प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र बताउँछ ।
यो पनि पढ्नुहोस्