मापदण्डमा छन्, यी तीन क्रसर उद्योग


मापदण्डमा छन्, यी तीन क्रसर उद्योग

नेपालगन्ज : बाँकेमा रहेका अधिकाशं क्रसर उद्योग मापदण्ड विपरित छन् । यहाँ २७ वटा यस्ता उद्योग छन् । जसमा २४ वटा क्रसर उद्योग मापदण्ड विपरित छन् । तीनवटाले भने मापदण्ड पुरा गरेका छन् । मापदण्ड पुरा गर्नेमा कोहलपुर नगरपालिका–१५ मा रहेको शिवशंकर वालुवा प्रशोधन तथा क्रसर उद्योग, राप्तीसोनारी गाउँपालिका ७ मा रहेको बाबा स्टोन इन्डस्ट्रिज त्रसर उद्योग र डुडुवा गाउँपालिका ४ मा रहेको जय नेपाल क्रसर उद्योग छन् ।

जिल्ला समन्वय समितिले मापदण्ड विपरितका उद्योग बन्द गर्नुका साथै नेपाल विद्युत प्राधिकरणलाई त्यहाँ जडित विद्युत लाइन काट्न भनिसकेको छ । जिसस र बाँके प्रशासनको निर्देशनपछि प्राधिकरणले बाँकेका २४ वटा क्रसर उद्योगमा जडित विद्युत लाइन काट्न आईतबारदेखि नै शुरु गरिसकेको घरेलु तथा साना उद्योग कार्यालयले बताएको छ । मापदण्ड पुरा नगरेका उद्योगले सरकारी मापदण्ड पुरा नगरेसम्म बिजुली जडान समेत गर्न पाउने छैनन् ।

नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि–२०७५ अनुसार साविकमा दर्ता भएर सञ्चालनमा रहेका उद्योगहरुले पनि स्थानीय निकायको पुर्नसंरचना भै कायम भएका स्थानीय तहमा कार्यविधि स्वीकृत भएको मितिले ६ महिनाभित्र सूचिकृत भई सञ्चालनको अनुमति लिनुपर्ने प्रावधान छ ।

उद्योगको क्षमता अनुसार पहाडी क्षेत्रमा न्यूनतम् दश रोपनी र तराई तथा भित्री मधेशमा कम्तीमा एक विगाहा जग्गा उद्योगको स्वामित्व वा लिज वा भाडामा रहेको हुनुपर्ने ब्यवस्था छ । तर, यहाँ सञ्चालित क्रसर उद्योगहरु कुनै पनि मापदण्डभित्र पर्नु परको कुरा दर्ता समेत भएका छैनन् ।

घरेलु तथा साना उद्योगमा उत्साहजनक लगानी देखिएको छ । पछिल्लो समयमा घरेलु तथा साना उद्योगमा घरेलु उद्योग थपिँदै गएका छन् । गएको आर्थिक वर्ष २०७५/७६ को वैशाख मसान्तसम्म जिल्लामा ८३० उद्योग दर्ता भएका छन। तीमध्ये प्राइभेट फर्म ६९७, साझेदारी ६२ र ७१ प्रालिमा दर्ता भई अनुमति लिएको घरेलु तथा साना उद्योग विकास समिति बाँकेले जनाएको छ ।

यो पनि पढ्नुहोस्

अर्बौका अवैध क्रसर उद्योग बन्द गर्दै बाँके सिडिओ

२४ क्रसर उद्योग बन्द गर्ने जिससको निर्णय