नेपालगन्ज : आईतबार नेपालमा थप ४६३ कोरोना संक्रमित भेटिएकाछन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाबाट गरिएको परीक्षणमा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा बोल्दै प्रवक्ता डाक्टर जागेश्वर गौतमले थप ४६३ जनामा संक्रमण देखिएको बताए । आज थपिएका ४६३ सहित नेपालमा कोरोना संक्रमित संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप देशभरका विभिन्न आइसोलेसन तथा अस्पतालमा उपचार गरिरहेका १ सय ७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ । भने कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ ।