नेपालगन्ज : सोमबार नेपालमा थप ४ सय ७६ कोरोना संक्रमित भेटिएकाछन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणबाट थप ४७६ जनामा कोरोना भाइरस संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङ्गमा थप ४७६ जनामा संक्रमण देखिएको बताए । योसगैं नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।
यसबीच पछिल्लो २४ घण्टामा थप १ सय २१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ । भने कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यस्तै बाँकेका विभिन्न आइशोलेशन सेन्टर र अस्पतालबाट सोमबार थप ५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाछन् ।
आदर्शनगर आइसोलेसन सेन्टरबाट खजुरा गाउँपालिकाका– ४ का ३ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट खजुरा ४ कै १ जना र सोही आइशोलेशन सेन्टरबाट नेपालगन्ज– १४ का १ गरी थप ५ जना डिस्चार्ज भइ घर गएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बाँकेमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ सय ५२ पुगेको छ । जसमध्ये, २ जनाको मृत्यु भइसकेको छ भने आइशोलेशनमा अब ३३ जनाले मात्र स्वास्थ्य उपचार गरिरहेका छन् ।
यी बाँकी रहेका कोरोना संक्रमित निको भएसगैं बाँके जिल्लामा कोरोना भाइरस संक्रमित संख्या शून्य हुनेछ । यद्यपी दिनहुँ करिब दुई सय ५० बढिको नमुना परीक्षण भइरहेको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठ बताउँछन् ।