खजुरामा सलह देखियो


खजुरामा सलह देखियो

File Photo

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा सलह देखिएकोछ । शनिबार पहिलो पटक नेपालमा देखिएको सलह सोमबार बेलुकासम्म बाँकेको खजुरामा देखिएको हो ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–३ स्थित खर्कबहादुर पुन मगरको खेतबारीमा सलह देखिएको गाउँपालिकाकी कृषी शाखा प्रमुख पुनम पोखरेलले सेतोखरीलाई जानकारी दिइन् ।

उनले भनिन्–‘आज खजुरामा पनि सलह देखिएको पाइएको छ । गाउँपालिकाको कुन–कुन क्षेत्रमा कतिको मात्रामा सलह आएको छ त्यसको विवरण लिइरहेकाछौं ।’ उनले सेतोखरीसंग कुरा गर्दै भनिन्–‘गाउँपालिकामा सलह देखिएसगैं यसको रोकथामका लाग आवश्यक पहल भइरहेकोछ ।’

लाखौंको समूहमा आएको सलह सोमबार नेपालको पश्चिम क्षेत्र लागेको छ । यसबीच सोमबार बर्दिया, कैलाली लगायतको क्षेत्रमा सलह देखिएको पाइएकोछ ।