न्यायिक प्रक्रियाबारे जिल्ला न्यायधिसद्वारा निरीक्षण


न्यायिक प्रक्रियाबारे जिल्ला न्यायधिसद्वारा निरीक्षण

डुडुवा (बाँके) : स्थानीय तह अन्र्तगत रहेका न्यायिक समितिहरुको काम कारबाही प्रक्रियालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरीक्षण गर्न थालेको छ ।

जिल्ला न्यायधिससहितको टोलीले मङ्गलबार बाँके डुडुवा गाउँपालिकाको न्यायिक समितिको निरीक्षण गर्दै छलफल गरेको छ ।  गाउँपालिका अन्र्तगत रहेको न्यायिक समितिले प्रदान गर्ने सेवा, मुद्दा दर्ता, मिसिलको व्यवस्थापन, निर्णय लगायत विभिन्न प्रक्रियाका बारेमा उपाध्यक्ष शाहिदा बानोले जानकारी गराइन ।

त्यस अवसरमा जिल्ला अदालतका न्यायिधीश राम प्रसाद बस्याल र दीलिपराज पन्तले न्यायिक समितिको काम कर्तब्य अधिकार, न्यायिक प्रक्रिया, मुद्दा दर्ता, मिसिल, मुद्दाका विषय लगायत विभिन्न अदालती प्रक्रियाका बारेमा जानकारी दिएका थिए ।

न्यायधीश बस्यालले न्याय धर्मको पालना गरि कुनै पनि राजनीतिक तथा लोभ लालचमा नपरि निस्वार्थको भावनाले समितिमा दर्ता भएका मुद्दालाई फच्र्योर्ट गर्नुपर्नेमा जोड दिए । उनले न्यायिक सम्पादनका क्रममा उत्पन्न विभिन्न समस्या समाधान गर्न जिल्ला अदालत जहिले पनि तयार रहेको आश्वासन दिए । 

न्यायधिशद्वयलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गाउँपालिकाको बस्तुस्थिती, कार्ययोजना र विभिन्न कामकारबाहीका बारेमा जानकारी गराएका थिए । न्यायिक समितिका पदाधिकारीहरुलाई अदालती प्रक्रिया र अभिलखीकरणका बारेमा आवश्यक जानकारी गराइएको थियो ।

भेटघाटमा कार्यपालिका सदस्य लिलावति यादव, न्यायिक समिति सदस्य रिता परियार, प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्याय लगायतको सहभागिता रहेको थियो । निरीक्षण टोलीमा अदालतका शाखा अधिकृत विरबहादुर बोहरा र नासु बिमल कुमार लामिछानेको पनि सहभागिता थियो, भने टोलीले समितिमा रहेका विभिन्न अभिलेखीकरण गरिएका फाइल, मिसिल, रजिस्टर समेत अध्ययन गरेको थियो ।