पूर्णताराको पहिलो साधारण सभा


पूर्णताराको पहिलो साधारण सभा

पुर्णतारा फाउण्डेशनको पहिलो साधरणसभाको उद्घाटन गर्दै राष्ट्रपति कार्यालयकी स्वकीय उपसचिव एवम नेतृ दीपा शर्मा । तस्विरः विजय मल्ल /सेतोखरी

नेपालगन्ज : पूर्णतारा फाउण्डेशन नेपालगन्जले संस्थाको पहिलो साधारण सभा सम्पन्न गरेको छ ।

फाउण्डेशनका अध्यक्ष ताराकुमारी रोकाय खत्रीको सभापतित्वमा भएको उक्त सभामा संस्थाको आर्थिक तथा वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

राष्ट्रपति कार्यालयका स्वकीय उपसचिव तथा बाँकेकी महिला नेतृ दीपा शर्माको प्रमुख आतिथ्यमा भएको साधारणस सभामा अध्यक्ष रोकायले संस्थाको वर्तमान अवस्था, संस्था स्थापनाको लक्ष्य र आगामी कार्ययोजनाका बारे प्रकाश पारेकी छन् ।

उक्त साधारण सभामा गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले संस्था जन्माउनु भन्दा पनि यसलाई हुर्काउनप्रति गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।

उनले बाँकेका कतिपय संस्थाले साधारण सभा, संस्था नविकरण नगरेको अवस्थामा पूर्णताराले पहिलो पटक नै साधारण सभा गरि गैससको नीति पूर्ण पालना गरेको बताए । उनले उक्त फाउण्डेशनलाई गैससमा तत्काल आबद्ध हुनपनि आग्रह गरेका छन् ।

साधारण सभामा सेतोखरीका कार्यकारी सम्पादक कमल न्यौपानेले संस्थाको प्रगतीको शुभकामना दिदैं फाउण्डेशनले आफनो लक्ष्य प्राप्तीका लागि निरन्तर कर्म गरिरहन जरूरी रहेको बताए ।

अहिलेका गैसस कमाउमुखी देखिएकोले फाउण्डेशनले कमाउ भन्दापनि सेवाभावको भावनालाई समेटेर सामाजिक काममा अग्रसरता देखाउनुपर्ने उनी बताउँछन् ।

साधारण सभामा बासका कोषाध्यक्ष छवीलाल सुनार, फाउण्डेशनको बरिष्ठ सल्लाहकार हरिप्रसाद सुवेदीलगायतले फाउण्डेशनको सफलताको शुभकामना दिएका थिए । साधारण सभाको सहजिकरण डिला शाहले गरेकी थिइन् ।