File Photo
नेपालगन्ज: दैलेखमा प्रशासन कार्यालयका खरिदारदेखि सिडिओसम्मले दादागिरीशैलीमा सञ्चारकर्मीमाथि नै दुर्व्यवहार गर्दै आएका छन् ।
समाचार लेखेको होस् वा सेवाग्राहीका रूपमा सेवा सुविधाका लागि प्रशासन पुग्ने सञ्चारकर्मीमाथि प्रशासन नै खनिने र दुर्व्यवहार गर्ने गरेका यहाँका सञ्चारकर्मी बताउँछन् ।
दैलेखमा सडिओ भएर आए लगत्तै युवराज कट्टेलले नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष समेत रहेका पत्रकार नमन शाहीलाई दुर्व्यवहार गरेका थिए । तत्कालिन अवस्थामा समाचार संकलनका क्रममा प्रशासन कार्यालय पुगेका पत्रकार शाहीमाथि सिडिओले नै अनाहकमा दुर्व्यवहार गरी समाचार संकलनमा बाधा पु¥याएका थिए ।
त्यहि बेला चिनजान नभएको कारण समस्या भएको भन्दै अबदेखि प्रशासन र सञ्चारकर्मीबिचको सम्बन्ध सुधार हुने सिडिओ कट्टलले नै प्रतिबद्धता जनाएको सञ्चारकर्मीहरूको भनाई छ । तर, दैलेख प्रशासनका सिडिओ र कर्मचारीको व्यवहारमा सुधारको भावना भनेअ झै पनि आउन नसकेको यतिबेला प्रष्ट भएको छ ।
सेवा लिनका लागि प्रशासन कार्यालय पुगेका अर्का पत्रकारलाई सिडिओ कट्टेलकै आडमा प्रशासनकै खरिदारले फेरि दुर्व्यवहार गरेका छन् । यसले पनि दैलेख सिडिओ र उनी मातहतका कर्मचारीको दादागिरी कायमै रहेको प्रष्ट देखिएको छ ।
दैलेख प्रशासन कार्यालयका खरिदार एकराज उपाध्यायले पत्रकार यज्ञराज थापामाथि अनाहकमा दुर्व्यवहार गरेका छन् । नागरिकको कामका लागि प्रशासन कार्यालय गई सिडिओको कोठामा बसेका नेपाल पत्रकार महासंघ दैलेख शाखाका संस्थापक उपाध्यक्ष समेत रहेका पत्रकार थापालाई खरिदार उपाध्यायले अनाहकमा थर्काएका हुन् ।
एक जना पीडित परिवारलाई कोहलपुर पठाउन गाडीको पास बनाई दिनका लागि पत्रकार थापा प्रशासन कार्यालय गएका थिए । आफू सिडिआको कोठामा बसेको बेला त्यहि आएका खरिदार उपाध्यायले बीना कारण तपाईलाई यहाँ आउन र बस्न कोले भन्यो । तुरून्त बाहिर जानु लगायतका शब्द प्रयोग गरि अपमान तथा दुर्व्यवहार गरेको पत्रकार थापा बताउँछन् ।
जनसेवामुखी प्रशासन भन्ने अभियानका साथ सरकारले काम गर्न कर्मचारीलाई निर्देशन गरेपनि दैलेखको उक्त घटनाले सरकारकै अभियानको खिल्ली उडाएको छ । १० मिनेटमा बन्ने एउटा सिफारिस तीनै खरिदार उपाध्यायको गलत व्यवहारका कारण एउटा गाडीको सिफारिस बनाउँन ६ घण्टा लागेको पत्रकार थापा बताउँछन् । जबकि उस्तै परे ६ घण्टामा दैलेखदेखि कोहलपुर नै पुगिन्छ ।
नागरिकको सेवाका लागि काममा जादा प्रशासनकै कर्मचारीबाट दुर्व्यवहारमा पर्दा दैलेखका सिडिओले मात्रै होइन नेपाल पत्रकार महासंघका अध्यक्षले समेत यस बिषयलाई गम्भीरता साथ नलिएको पत्रकार थापाको गुनासो छ । मैले सस्थागत रुपमा अध्यक्ष ज्युलाई भनेको हो पत्रकार थापाले भने ‘व्यक्तिगत रुपमा मैले गर्ने गरौँला ।’ पत्रकार थापाले महासंघसँग सिडिओ साब र खरदारलाई बोलाई छलफल गराउँनुपर्ने अपेक्षा गरेका छन् ।
यता महासंघ दैलेखका अध्यक्ष चक्र केसीले पत्रकारका हकहितका लागि महासंघ सधै अग्रस्थानमा रहेको दाबी गर्दै थापाको बिषयमा महासंघ गम्भीर भएको तर, यसअघि पत्रकार थापाले नै करो मिल्यो भनेकोले आफू चुप रहेको बताएका छन् । यदि अझै समस्या भए महासंघका तर्फबाट पत्रकारका पक्षमा जुनसुकै कदम चाल्न पछि नपर्ने अध्यक्ष केसीको भनाई छ ।
दैलेखमा पत्रकार र पत्रकारिताको मर्यादा अहिले सम्मकै सबैभन्दा गिरेको अबस्था देखिएको प्रेस चौतारीका केन्द्रीय सदस्य समेत रहेका पत्रकार गोविन्द भारती बताउँछन् । उनले फेसबुकमा लेखेका छन् : ‘बुढी मरि भन्ने चिन्ता होइन काल पल्क्यो भन्ने चिन्ता हो ।’
सिडिओ भर्खर दैलेख आउँदा पनि पत्रकार नमन शाहीलाई दुर्व्यवहार गरेका थिए उनी लेख्छन् ‘जिल्ला प्रशासनका कर्मचारी यसरी पत्रकार माथी बारम्बार लाग्नु आकस्मिक नभै नियोजित हो जस्तो लाग्छ ।’
यता दैलेखका प्रमुख जिल्ला अधिकार युवराज कट्टेलसँग यस घटनाका बारे बुझन खोज्दा उनी सम्पर्कमा आएनन । खरिदार उपाध्यायसँग टेलिफोन सम्पर्क हुन सकेन् ।