File Photo
नेपालगन्ज : शनिबार बाँकेमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।
नेपालगन्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका थप ५ जनामा कोरोना पुष्टि भएको हो ।
शनिबार थपिएका नयाँ संक्रमितमा जानकी–३ का २७ वर्षिया महिला, राप्तिसोनारी–७ का ४० वर्षिय पुरुष, कोहलपुर–३ का ३१ वर्षिय पुरुष र १० का ४५ वर्षिय पुरुष तथा बैजनाथ–२ का ३५ वर्षिय पुरुष रहेका छन ।
यो सङ्गै बाँके जिल्लामा संक्रमितको संख्या ३ सय ६८ पुगेको छ । दुई जनाको मृत्यु भइसकेको छ भने अब आइसोलेसनमा २८ जना मात्र रहेका छन् । बाँकी डिस्चार्ज भएर घर फर्किसकेका छन् । जिल्लाका विभिन्न आइसोलेसनमा उपचारत केही संक्रमितहरुको अवस्थामा सुधार आएकोले भोली (आईतबार) बाँकेबाट थप संक्रमितलाई डिस्चार्ज गरिदैँछ ।