पत्रकार कुटपिटप्रति युनियनको ध्यानाकर्षण


पत्रकार कुटपिटप्रति युनियनको ध्यानाकर्षण

नेपालगन्ज : पत्रकारमाथि भएको हातपात घटनाप्रति नेपाल प्रेस युनियन बाँकेको ध्यानाकर्षण भएकोछ । नेपाल प्रेस युनियन बाँकेका साधारण सदस्य समेत रहेका ग्लोबल मिडियामा कार्यरत पत्रकार टेकेन्द्र बस्यालमाथी भएको हातपात एवम् दुब्र्यबहारको घटनाप्रति नेपाल प्रेस युनियन बाँकेले शनिबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएकोछ ।

समाचार संकलनका क्रममा पुगेका बेला शुक्रबार (हिजो) बेलुकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ मा पत्रकार बस्यालमाथी स्थानीय आजम हल्वाई र चाँदबाबु हल्वाईसहितको समुहले हातपात एवम् दुब्र्यबहार गर्नुका साथै उनको क्यामेरा लगायतका सामाग्री तोडफोड गरिदिएका थिए ।

उक्त घटना लगत्तै घटनामा संलग्न दुबैलाई वडा प्रहरी कार्यालय नेपालगन्जले शुक्रबार राती नै नियन्त्रणमा लिइसकेको छ ।

‘समाचार संकलन गर्न पुगेका पत्रकार बस्यालमाथी भएको उक्त घटनाको घोर भत्र्सना गर्दै क्षती पुगेको सञ्चार सामाग्रीको उचित क्षतीपुर्ती उपलब्ध गराउनुका साथै दोषीमाथी कडाभन्दा कडा कारबाही गर्न युनियन स्थानीय प्रहरी, प्रशासनसँग जोडदार माग गर्दछ ।’ युनियन बाँकेका सचिव विजय मल्लद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तीमा भनिएकोछ ।

यस्तै सचिव मल्लद्वारा सार्वजनिक विज्ञप्तीमा ‘आगामी दिनमा पत्रकारलाई भयरहित ढंगले समाचार संकलन गर्ने वातावरण तयार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।’ भनिएकोछ ।