पत्रकारलाई क्षतीपूर्ती दिइने


पत्रकारलाई क्षतीपूर्ती दिइने

नेपालगन्ज: समाचार संकलनका क्रममा कुटपिट गिरएका पत्रकार टेकेन्द्र बस्यालले पीडकबाट क्षतीपूर्ती पाउने भएका छन् ।

समाचार संकलनमा गएका पत्रकार बस्यालमाथि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ का स्थानीय आजम हल्वाई र चाँदबाबु हल्वाईसहितको समुहले हातपात एवम् दुब्र्यबहार गर्नुका साथै उनको क्यामेरा लगायतका सामाग्री तोडफोड गरिदिएका थिए ।

नेपाल प्रेस युनियन बाँकेको पहलमा पीडक आजम हल्वाई र चाँदबाबु हल्वाईले उक्त क्यामरासहितको क्षतीपूर्ती दिने भन्दै माफि मागेपछि शनिवार दुई पक्षिय सहमति भएको छ ।

घटनामा पीडित र पीडक पक्षबीच आज (शनिबार) दिनभर छलफल हुँदा पीडित पत्रकारलाई न्यायको प्रत्याभुती हुने गरि दुबै पक्ष सहमत भएर वडा प्रहरी कार्यालयमै टुंगियो ।

घटनाप्रती आत्मालोचना गर्दै पीडकले पीडित पत्रकारसमक्ष गल्ती स्वीकार गरि अब आगामी दिनमा गल्ती नदोहो¥याउने लिखित प्रतिबद्धतासहित तोडफोड गरिएको क्यामेराको क्षतिपुर्ती दिने गरि सहमती भएको हो ।

पीडित पत्रकारको न्यायको लडाइमा नेपाल प्रेस युनियन बाँके शाखाले शुक्रबार रातीदेखि नै आवश्यक पहल गरेको युनियनका अध्यक्ष अर्जुन ओलीले बताए ।

उनले भने–‘यो या त्यो ढंगले पत्रकारमाथिको आक्रमण कुनै माइनेमा सह्य हुदैन । प्रेसमाथिको प्रहारविरुद्ध युनियन बाँके जस्तो सुकै त्याग दिन तयार रहेकोछ ।’

यसअघि पत्रकार बस्यालमाथि भएको हातपात घटनाप्रति नेपाल प्रेस युनियन बाँकेले शनिबार विहान एक विज्ञप्ती सार्वजनिक गरि घटनाको भत्र्सना गरेको थियो ।

युनियनका सचिव विजय मल्लद्वारा जारी विज्ञप्ती मार्फत समाचार संकलन गर्न पुगेका पत्रकार बस्यालमाथी भएको उक्त घटनाको घोर भत्र्सना गर्दै क्षती पुगेको सञ्चार सामाग्रीको उचित क्षतीपुर्ती उपलब्ध गराउनुका साथै दोषीमाथी कडाभन्दा कडा कारबाही गर्न स्थानीय प्रहरी, प्रशासनसँग जोडदार माग गरेको थियो ।