नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले वडा क्षेत्रका दुई स्थानमा हाईमास्ट जडान गर्ने भएकोछ ।
वडाको बजेटबाट कारकाँदो चोक र एसके पेट्रोल पम्प अगाडीको चोकमा दुई वटा हाइमास्ट जडान गर्न थालिएको वडा अध्यक्ष दीपक बर्मा बताउँछन् । उनका अनुसार दुई ओटा हाईमास्ट जडानका लागि १६ लाख खर्च हुने भएकोछ ।
उनका अनुसार दुबै ठाउँमा हाइमास्ट जडानको लागि आवश्यक प्रकृया आईतबारदेखि शुरु भइसकेको छ । हाइमास्ट बनेर तयारी अवस्थामा छ । उनले भने अबको एक महिनाभित्र यी दुबै क्षेत्रमा जडित हाइमास्टबाट बिधुत बालिन्छ ।
अहिले नेपालगन्ज उपमहानगरपालिकाको लगानीमा विपी चोकमा यसअघि एउटा हाइमास्ट जडान गरिएको छ । वडा नम्बर १८ मा दुई वटा हाईमास्ट जडानपछि नेपालगन्ज शहरका तीन ठाउँमा हाईमास्ट जडान हुनेछ ।
यस अघि नेपालगन्ज उपमहानगरपालिकाले नगरको विभिन्न ९ स्थानमा हाईमास्ट जडान गर्न फाउडेसन निर्माण समेत गरिसकेकोछ । यद्यपी सो क्षेत्रमा अझैं हाईमास्ट जडान गरिएको छैन ।