गाभरको लायन्स पार्कमा बृक्षारोपण


गाभरको लायन्स पार्कमा बृक्षारोपण

लायन्स गाभर पार्कमा बृक्षारोपण गरिदैं । तस्वीर सौजन्य : कृष्ण चौधरीको फेसबुकबाट

नेपालगन्ज : कोभिड १९ महामारीको कारण पर्यटन क्षेत्रमा ठूलो प्रभाव परेको छ ।

यस्तो अवस्थामा पनि पर्यटनको विकास र हरियाली गाउँ बनाउँन बाँकेको पर्यटकीय क्षेत्र गाभर भ्यालीमा आईतबार बृक्षारोपण गरिएको छ ।
गुरू पुर्णिमाको अवसरमा लायन्स गाभर पार्कमा बृक्षारोपण गरिएको गाभरका व्यवसायी कृष्ण चौधरीले बताए ।

उनकाअनुसार यहाँ प्रकृति मैत्री बृक्षहरू हर्रो, बर्रो, जामुन, निम लगाएतका ७ सय बढी बिरूवाहरू लगाईएको छ । बिरूवा डिभिजन बन कार्यालय नेपालगन्ज्ले उपब्लध गराएको उनी बताउँछन् । यसअघि उक्त पार्कमा एक सय वटा आँप र एक सयवटा लिचिका बिरूवा रोपिएको थियो ।

पर्यापर्यटन प्रवद्र्धनका लागि भर्चुवल टुरको ब्यवस्थापन गर्न सकियो भने पर्यापर्यटन ब्यवसायलाई यस संघीन अवस्थामा केही हौसला मिल्ने चौधरीको बुझाई छ ।