कोरोना अपडेड : आईतबार थपिए २९३ संक्रमित


कोरोना अपडेड :  आईतबार थपिए २९३ संक्रमित

नेपालगन्ज : आईतबार नेपालमा थप २९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमति प्रेस व्रिफिङ्गमा थप २९३ जनामा संक्रमण देखिएको बताए ।

आज थपिएका २९३ सहित नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

यस्तै देशभरबाट पछिल्लो २४ घण्टामा थप १ सय ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ । भने कुल संक्रमितमध्ये ३४ जनाको मृत्यु भएको छ ।