ओली सरकारको समर्थनमा कोहलपुरमा प्रदर्शन


सेतोखरी सेतोखरी   आइतबार, असार २१, २०७७
ओली सरकारको समर्थनमा कोहलपुरमा प्रदर्शन

 

नेपालगन्ज : नेकपा भित्र चर्को विवाद चलिरहेका बेला ओली सरकार नै चाहियो भन्दै बाँकेको कोहलपुरमा प्रदर्शन गरिएको छ । नेकपाका युवा जमातले कोहलपुरमा ¥याली निकालेर परिक्रमा गर्दै आईतबार प्रदर्शन गरेका थिए ।
युवा संघका पूर्व केन्द्रिय स्थाइकमिटी सदस्य तथा बाँके जिल्ला कमिटी सदस्य रविन्द्र लम्साल, खेम राज शर्मा, जिल्ला कमिटि सदस्य घननाथ खनाल, सुर्य ढकाल, विद्यार्थी नेता टेकेन्द्र मल्ल लगायतका नेताहरु सम्मिलित जमातले चौराहाबाट ¥याली निकाली कोहलपुर बजार हुँदै पुनःचौराहमा आई कोण सभामा परिण भएको थियो ।
¥यालीमा राष्ट्रिय स्वाभिमान र समृद्धिका लागि ओली सरकार, पार्टी एकता आजको आवश्यकता, भारतिय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाइएको थियो ।
बाँके जिल्ला कमिटी सदस्य रविन्द्र लम्सालले कुनै पनि बाहानामा पार्टी फोड्न नपाइने प्रतिक्रिया दिए । विभिन्न स्वार्थका लागि नेकपा भित्र हलचल मच्चाउने, अफवाह फैलाउने र तल्लो तहका कार्यकर्तालाई भड्काउने अधिकार कसैलाई नभएको उल्लेख गर्दै पार्टी फुटाउनका लागि एकता नभएको सबैलाई बुझ्न आग्रह गरे । कोणसभामा नेता खेमराज गौतम लगायतका बोलेका थिए ।