सडक सञ्जालले घेरिदैं ‘राप्तीपारी’


सडक सञ्जालले घेरिदैं ‘राप्तीपारी’

File Photo

राप्तीपारी (बाँके) : सधैं दुर्गम र बिकटको संज्ञा पाईरहने बाँकेको राप्तीपारी क्षेत्र सडक सञ्जालले घेरिदैँछ । सडक सञ्जालले घेरिएसँगै राप्तीपारी सुगम साबित हुनेछ । विद्युत र सडक सुबिधा पुगेको छ । अस्पताल बनेको छ । चिकित्सक बस्न थालेकाछन् ।

सरकारी कार्यालयले गाउँमै सेवा दिइरहेकाछन् । टेलिफोन र नेटवर्क पनि गतिलै छ । नरैनापुर फेरिएको छ । बघौडा क्षेत्र फेरिएको छ । दोस्रो संविधान सभाको निर्वाचन भएको करिब तीन वर्षमै राप्तीपारीको मुहार फेरिएको छ । अहिले राप्तीपारीका तीनवटै पालिकामा नयाँ सडक निर्माण तथा पुराना सडकको स्तरउन्नती भैरहेको छ ।

बाँके क्षेत्र नम्बर एक ‘क’ का प्रदेश सभा सदस्य सांसद कृष्ण केसी ‘नमूना’ को सक्रियता अथक प्रयास, प्रदेश सरकारको सहयोग र स्थानीय तहको सहकार्यमा राप्तीपारीका गाउँबस्ती सडक सञ्जालले घेरिदैंछन् ।

राप्तीपारीको नरैनापुर लगायतका क्षेत्रमा २६ वर्षदेखि हुन नसकेको विद्युतिकरण योजनाले भर्खरै पूर्णता पाएको छ । राप्तीपारीलाई सुर्गम क्षेत्रका रूपमा विकास गर्न र राज्यको मुल प्रवाहमा ल्याउन कटिबद्ध साँसद ‘नमूना’को सक्रियतामा यहाँका चारवटा सडकहरू विकासको मुख्य प्राथमिकतामा परेका छन् ।

अहिले चारवटा मुख्य सडक निर्माण प्रक्रियाको काम भैसकेको छ । चारवटा मुख्य प्राथमकिताका सडक निर्माणसँगै राप्तीपारीका तीनवटै गाउँपालिका सडक सञ्जालमा सहजै जोडिने छन् । प्रदेश सांसद ‘नमूना’का अनुसार यी चारवटा मुख्य सडक निर्माणका लागि प्रदेश सरकार र संसद विकास कोषको गरि करिब डेढ अर्ब बजेट लगानी हुने देखिएको छ ।

अहिले नरैनापुरदेखि अगैयास्थित महेन्द्र राजमार्ग जोडने (२८ किलोमिटर) मुख्य सडकको निर्माण भैरहेको छ । अगैयादेखि बैजापुर विनौना हुँदै नेपालगन्ज जोड्ने (२३ किलोमिटर) सडकको निर्माणका लागि इएई प्रक्रिया अघि बढेको छ ।

यसैगरी राप्तीसोनारी जिरोबाट मधुवा हुँदै टिकुलीपुर भएर राजपुरसँगै डुडुवाको कम्दी जोडने (२८ किलोमिटर) सडक र अगैयाबाट राप्तीपारी दाङ चनौटी जोड्ने (८० किलोमिटर) सडक मुख्य प्राथमिकताका साथ निर्माण प्रक्रियामा अघि बढेको प्रदेश सासँद कृष्ण केसी ‘नमूना’ बताउँछिन् ।
वर्षेनी डुवानको समस्याबाट केही राहत पु¥याउने लक्ष्य अनुसार राप्तीनदीमा दुबैतिर तटबन्ध निर्माण गरिएको र नेपालगन्जबाट सिधै नरैनापुरमा विजुली बालिएको उदाहरणिय कामसँगै यस क्षेत्रलार्य सडक सञ्जालमा जोड्ने अभियानलाई प्रमुखतकाका साथ बिशेष रूपमा हेरिएको छ ।

प्रेमबहादुर भण्डारी लगायतका तत्कालिन नेताहरूको सक्रियतामा २६ वर्षअघिको विद्युतिकरण योजना अलपत्र परिरहेको अबस्था छ । तत्कालिन नेता सिंह लगायतले राप्तीपारी क्षेत्रमा विद्युतिकरणका लागि गाडिएका पोल अहिलेपनि बेवारिसे छन् ।

तर, प्रदेश सांसद ‘नमूना’को सक्रियता र स्थानीय तहको सहकार्य सहयोग र पहलमा नेपालगन्जबाट सिधै नरैनापुरमा विद्युतिकरण गरिएको नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्द ईस्त्याक अहमद शाह बताउँछन् । विद्युतिकरण भइसकेको यस क्षेत्रमा सडक सञ्जाल निर्माणको अभियानले यहाँका स्थानीय नागरिक झनै हर्षित भएको अध्यक्ष शाह नै बताउँछन् ।

नरैनापुर मात्रै नभई सडक सञ्जालले यो क्षेत्र घेरिने योजना अघि बढेपछि डुडुवाका अध्यक्ष नरेन्द्र चौधरी समेत यी सडक योजना समयमै पुरा हुनुपर्ने पक्षमा रहेका छन् । यसका लागि आ÷आफनो पालिकाले गर्न सक्ने सहयोग र सडक सञ्जाल र गुणस्तरीय निर्माणका लागि पहल गर्न कुनै कसर बाँकी नराख्ने यस क्षेत्रका पालिका तहका अध्यक्षहरू बताउँछन् ।

राप्तीसोनारीका अध्यक्ष लाहुराम थारू राप्तीपारी क्षेत्रलाई विकास चाहिएको बताउँछन् । यस क्षेत्रको विकास र नागरिकको स्तरउन्नतीका लागि हामी लाग्ने हो उनी भन्छन् ‘विकासमा राजनीति हुँदैन् । सहकार्य र सहमतिमै राप्तीपारीको समृद्ध र विकास सम्भव छ ।’