नेपालगन्ज : लोपोन्मुख जाती चिडीमारका युवा संगठित भएकाछन् । जिल्लामै लोपोन्मुख रहेका चिडीमार जातीको बसोबास रहेको बाँकेको नेपालगन्ज–१२ बेलासपुरका युवा संगठित भएका हुन् ।
चिडीमार जातीको उत्थान, विकास, प्रर्बद्धन र राज्यको मूलप्रवाहिकरणमा ल्याउन उनीहरु संगठित भएका हुन् । बेलासपुरका चिडीमार समुदायका युवाहरुको एक भेलाले सुखराम चिडीमारको नेतृत्वमा चिडीमार युवा संघ गठन गरेकाछन् ।
सो भेलाले सुखराम चिडीमारको अध्यक्षता २५ सदस्यीय समिति गठन गरिएकोछ । यस्तै समितीको उपाध्यक्षमा हल्सलाल चिडीमार र अनुसा चिडीमार, सचिवमा रामगोपाल चिडीमार, सहसचिवमा सवान कुमारी चिडीमार तथा कोषाधक्षमा खुसी चिडिमार चयन भएकाछन् ।
यस्तै समितिको सदस्यहरुमा प्रदीप चिडीमार, पार्बती चिडीमार, तिलक चिडीमार, प्रेम चिडीमार लगायतलाई चयन गरिएकोछ । भेलाले ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।
युवा संघ गठनमा वडाअध्यक्ष बुद्धि सागर सुवेदी, वडा सदस्य तरुण बज्राचार्य, दिनेस पन्त लगायतको सहभागी रहेको थियो । संघका अध्यक्ष सुखरामले चिडीमार समुदायको हकहित लगायतका क्षेत्रमा कार्य गर्न सस्था दर्ता प्रकृयामा जाने बताए ।