File Photo
नेपालगन्ज : नेपाल वायुसेवा निगमका १४ कर्मचारीमा कोरोना पोजेटिभ पाइएकोछ । निगमका तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ ।
नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तब्यमा खटिएका उडान कर्मचारीमा कोरोना भाइरस पोजेटिभ पाइएको हो ।