मास्क नलगाएर घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने


मास्क नलगाएर घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने

नेपालगन्ज : कोरोना भाइरस संक्रमणकाबीच खुकुलो बनाइएको लकडाउनमा मास्क नलगाएर घरबाहिर निस्कने जोकोहीलाई प्रहरीले पक्राउ गर्ने भएकोछ ।

मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरि कारबाही गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिनेछ ।

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने हुन्छ । तर, पछिल्लो पटक सरकारले लकडाउनलाई ब्यवस्थित गर्दै केही खुकुलो बनाएपछि यतिबेला मास्क बिनै बिना काम घरदेखि बाहिर निस्कनेहरुको संख्या बढेर आएकोछ ।

सरकारले लकडाउन कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भन्दै यस्तो निर्देशन दिएको हो । बाँकेको नेपालगन्ज लगायतका विभिन्न स्थानमा साना ठूलो होटल, रेष्टूँरा, कपडा पसल लगायत पसल खुलेकाछन् । अटो रिक्सा, रिक्सा उत्तिकै मात्रामा गुडेका छन् तर, यी सबै क्षेत्रमा सरकारले कोरोना भाईरस नियन्त्रणका लागि अपनाएको न्यूनतम मापदण्ड समेत पालना गरिएको छैन ।