नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमित संख्या उकालो लागिरहेको बेला पछिल्लो पटक सबैभन्दा कम संख्यामा कोरोना संक्रमित भेटिएकाछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएकोछ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
सोमबार थपिएका १ सय ८० सहित नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ । भने देशभर कुल संक्रमितमध्ये ३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकोछ ।