नेपलागन्ज : नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा १५ जनामा कोरोना पोजेटिभ पाइएकोछ ।
पछिल्लो ४८ घण्टामा भेरी अस्पताल नेपालगन्जमा गरिएका परीक्षणमा सल्यानका ५ सहित विभिन्न जिल्लाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका अनुसार मङ्गलबार संक्रमित हुनेहरुमा सल्यानका ५ जना पुरुष, दाङका ३ जना पुरुष, रुकुमका ५ जना पुरुष र बर्दियाका १ महिला र १ पुरुष रहेका छन् ।
पछिल्लो ४८ घण्टामा अस्पतालमा गरिएका ७ सय ५ नमुनाको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
नेपालगन्ज स्थित भेरी अस्पतालमा रहेको कोरोना जाँच ल्याबमा हालसम्म १४ हजार ५ जनाको नमुना संकलन गरिएको थियो । जसमध्ये १३ हजार ६ सय ५५ नमुना परीक्षण गरिएकोछ ।
हालसम्म परीक्षण गरिएका नमुनामा कुल ६ सय ६८ जनाको कोरोना रिर्पोट पोजेटिभ आएको छ ।