नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार भन्दा बढी


नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार भन्दा बढी

नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमित संख्या १६ हजार बढी पुगेकोछ । पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएसगैं नेपालमा कोरोना भाइरस संक्रमित संख्या १६ हजार बढि पुगेको हो ।

देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा थप २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार आज थपिएका २ सय ४ जना सहित नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप देशभरबाट ६ सय ८८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित नेपालमा डिस्चार्ज हुनेको संख्या ७ हजार ४ सय ९९ पुगेको छ । भने कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकोछ ।