सतर्क रहन मौसम विभागको आग्रह
File Photo
नेपालगन्ज : मौसममा आएको परिर्वतनसगैं यतिबेला देशभर अधिकाशं ठाँउमा वर्षा भइरहेको छ । तर, जल तथा मौसम विज्ञान विभागले भोली बिहीबारदेखि देशभर भारी वर्षा हुने जनाएकोछ ।
विभागले बिहीबारदेखि देशका अधिकांश भूभागमा भारी वर्षा हुने भन्दै सर्तकता अपनाउन आग्रह समेत गरेकोछ ।
मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै भोलि बुधबार देशका अधिकांश भूभागमा सामान्य बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको विभगाले जनाएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेश, प्रदेश पाँच, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । राती देशका अधिकांश भूभागमा सामान्य बदली भइ प्रदेश पाँच, गण्डकी प्रदेश, वागमती प्रदेश, प्रदेश २ र १ का धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना छ ।
यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बिहीबार पनि देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । शुक्रबार पनि मेघ जर्गनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
करिब दुई हप्ता बढी समयको अन्तरालमा मङ्गलबार रातीदेखि नेपालगन्ज लगायतको क्षेत्रमा वर्षा भएको छ । गर्मीले काकाकुल भएका यस क्षेत्रका बासिन्दालाई वर्षाले राहत मात्र प्रदान गरेकोछ । विशेष गरि खेतीकिसानीमा लागेका किसानका लागि पानी अभावका कारण खेत सिँचाई र रोपाई कार्य लगभग बन्द जस्तै भएको अवस्थामा यतिबेला परिरहेको पानिले राहत दिएको हो ।