नेपालगन्ज : भारतीय प्रहरीको मोस्ट वाण्टेड विकास दुबे पक्राउ परेकाछन् । नेपाल–भारत खुला सीमानाका कारण भारतीय प्रहरीको सर्वाधिक खोजीमा रहेका विकास दुबे नेपाल प्रवेश गरेको हुनसक्ने भन्दै बुधबार भारतीय प्रहरीको एक टोली नेपालगन्ज आएको थियो ।
नेपालगन्ज आएको डिएसपीको काण्डमा रहेको भारतीय प्रहरीले बाँके प्रहरी प्रमुख ओमबहादुर रानासंग भेट समेत गरेको थियो । सो क्रममा खुला सीमानाको फाइदा उठाउँदै नेपाल प्रबेस गरेको हुनसक्ने आँकल गरेको भारतीय प्रहरीले विकास दुबे मध्य प्रदेशको उज्जैनबाट पक्राउ परेकाछन् ।
भारतको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबेलाई मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरिएको बीबीसी हिन्दीले जानाएकोछ । उज्जैनको महाकाल मन्दिरबाट विकास दुबेलाई पक्राउ गरिएको बताइएको छ ।
विकास दुबे महाकाल मन्दिरमा पुगेको सूचना कुनै स्रोतले दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो । भारतीय समाचार माध्यम दैनिक भास्करका अनुसार महाकाल मन्दिरको सुरक्षा समूहले उनलाई संदिग्ध ठानेर पक्राउ गरेको थियो । त्यसपछि महाकाल थानाले प्रहरीलाई सूचना दिए ।
यद्यपि, विकास महाकाल मन्दिर परिसरमा पुगेर आफू विकास दुबे हुँ भन्दै चिच्याएको पनि केहीले बताएका छन् । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले विकास मध्यप्रदेशको हिरासतमा भएको जानकारी दिँदै उनलाई कसरी पक्राउ गरियो भन्नेबारे केही जानकारी दिनु ठिक नभएको बताए ।
प्रहरीले उनीमाथि पाँच लाख भारु इनामसमेत तोकेको थियो । उत्तर प्रदेश प्रहरीको समूहले उनलाई पछिल्लो ६ दिनदेखि खोजिरहेको थियो ।