File Photo
नेपालगन्ज : बाँकेको राप्तीपारीका सबै गाउँमा विद्युतिकरणका लागि अध्ययन अनुगमन गर्न प्रदेश सांसद कृष्णा केसी ‘नमूना’को नेतृत्वमा सरोकारवालाको टोली त्यसतर्फ जाने भएको छ ।
वषौंदेखि अन्धकारमा बसेको नरैनापुरमा केही साताअघि मात्रै सांसद ‘नमूना’ कै सक्रियता पहल तथा प्रयास र स्थानीय तहको सहकार्यमा विद्युतिकरण भएको छ ।
२६ वर्षअघि विद्युतिकरणका लागि गाडिएका पोल वेवारिसे रहेको बेला उक्त योजनालाई राप्तीपारीभरी विस्तार गर्न सांसद ‘नमूना’को नेतृत्वमा एक टोली अध्ययन अनुगमनका लागि त्यसतर्फ जाने तयारीमा रहेको छ ।
बिहीबार नै जाने तयारी भएपनि नेपालगन्जमा सरकारको वन तथा वातावरण उपसमितिका पदाधिकारी वन अनुगमनका लागि आएको कारण गाउँ जाने कार्यक्रम केही दिनलाई पर सरेको हो । उक्त टोलिले त्यहाँको सबै बस्तुस्थिति बुझेर राप्तीपारीका सबै पालिकामा विद्युतिकरणका लागि पहल गर्नेछ ।
कोरोनाको जटिल चपेटामा परेको नरैनापुरमा नेपालगन्जबाट सिधै लाइन लगेर विद्युतिकरण गरिएपनि अब राप्तीपारीका सबै गाउँमा धामपुर स्टेशनबाटै लाइन तानेर विद्युतिकरण गर्नका लागि काम शरू गर्न लागिएको प्रदेश सांसद कृष्णा केसी ‘नमूना’ बताउँछिन् ।
उनकाअनुसार उक्त अनुगमन टोलिमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङ, बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर राना, नेपाल विद्युत प्राधिकरणका प्रमुख रामदुलार यादव वा प्रतिनिधी जिल्ला वन कार्यालयका प्रतिनिधीलगायतका सरोकारवालहरू रहने छन् ।
उक्त टोलिले केहीदिनमा राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ४ देखि डाडैडाडा जहाँ धामपुर स्टेनशनबाट विद्युतलाईन तान्नका लागियसअघि सर्वे गरिएको छ त्यहि जंगल भएर नरैनापुरसम्मको पैदल अनुगमन तथा निरीक्षण गर्नेछ ।
उक्त टोलिले अनुगमनकै क्रममा विद्युतिकरणका लागि समस्या देखिएको ठाउँ र जंगलका बिषयमा सम्बन्धित निकाय र पक्षसँग ठाउँका ठाउँ छलफल गर्ने र समस्या समाधानको अपाय निकालि राप्तीपारीका सबै गाउँमा तत्काल विद्युतिकरणको काम थालनी गर्ने योजना बनाएको छ ।
विगतमा विद्युत, सडक र दक्ष चिकित्सकको अभाव झेलेको नरैनापुरले कोरोनाको कहरसंगै विकासमा फड्को मारेको छ । उनले भनिन ‘नरैनापुरले मात्रै होइन अब राप्तीपारीका तीनवटै गाउँपालिकाले विकासमा फड्को मार्दैछन् ।’ यसका लागि आफूले प्रदेश सरकारको सहयोग र पालिकाहरुको समन्वयमा अभियान थालनी गरिसकेको उनले बताइन् ।
नरैनापुरमा सर्पदंशको उपचार
प्रदेश सांसद कृष्णा केसी ‘नमूना’को सक्रियता र प्रदेश सरकारको आर्थिक सहयोगमा बाँकेको नरैनापुरमा सर्पदंशको उपचार शुरू हुँदैछ ।
राप्तीसोनारी गाउँपालिकाको सम्शेरगन्जमा यसअघि नै उक्त सेवा विस्तार भैसकेको छ । तर, नरैनापुरमा सर्पदंशको उपचार सेवा अब सुरू हुँदैछ ।
नरैनापुरमा पनि उनकै सक्रियता सहयेग पहल प्रयासमा भर्खरै मात्र सर्पदंशको उपचार प्रक्रिया शुरू भएको छ । यसका लागि प्रदेश स्वास्थ्य तालिम केन्द्र मार्फत यहाँका डाक्टरलाई तिन दिनको तालिम समेत प्रदान गरिएको छ ।
अक्सिजन सिलिन्डर देखि सबै उपचारमा चाहिने स्वास्थ्य सामग्री उक्त केन्द्रमा लगिएको छ । भ्यान्टिलेटरमा राख्न परे मात्र अब नरैनापुरका विरामीलाई नेपालगन्ज ल्याउनपर्छ उनले भनिन् ‘नत्र अरू सबे उपचार त्यहि हुन्छ ।’
सांसद ‘नमूनाको पहलमा प्रदेशको सामाजिक विकास मन्त्रालयले सर्पदंशको उपचारमा आवश्यक पर्ने उपकरण उपलब्ध गराएपछि त्यहाँको लक्षमणा स्वास्थ्य केन्द्रमा उक्त सेवाको शुरुवात हुँदैछ ।
कोरोनाको कहरकै बीचमा विद्युत र कालोपत्रे बाटो एकैपटक पुगेको नरैनापुरमा यसअघि उक्त सेवा नहुँदा थुप्रै नागरिकले अकालमा ज्यानगुमाउँदै आएका थिए ।
प्रदेश सांसद ‘नमुना’ले स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण हस्तान्त्रण गरेको गाउँपालिकाका अध्यक्ष मोहम्द ईस्तियाक अहमद शाह बताउँछन् ।
सडक अभावले नेपालगन्ज लगायतका ठाउँबाट आउँदा भारतीय भूमि भएर आउनुपर्ने नरैनापुर प्रदेश सांसद ‘नमूना’ को सक्रियता पहल र गाउँपालिकाको समन्वय सहकार्य तथा यहाँका नागरिकको सहयोगमा आज नरैनापुरले मुहार फेरेको गाउँपालिका अध्यक्ष शाहले बताए ।
सडक र विद्युतिकरणले भर्खरै राहत पाएको नरैनापुरमा अब स्वास्थ्य र शिक्षामा गुणस्तरीयता कायम गर्न आबश्यक रहेको प्रदेश सांसद ‘नमूनाको बुझाईछ ।
नरैनापुरका आमनागकिरलाई लक्षित गरी विषेशज्ञ सेवा सहितको स्वास्थ्य सेवा दिने गरी लक्ष्मणपुर स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्न प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत पहल शुरू पनि गरिसकेको प्रदेश साँसद नमूना बताउँछिन् ।
जतिसक्दो छिटो विषेशज्ञ सेवा सहितको स्वास्थ्य सेवा दिने तयारी गर्दै नरैनापुरमा आधुनिक सेवा सहितको एम्बुलेन्स सञ्चालनमा ल्याईने उने बताइन् । यसका लागि प्रदेशको संसद विकास कोषबाट रकम समेत उपलब्ध गराइसकेको साँसद ‘नमूना’ले बताइन् ।
कहिल्यै डाक्टरको मुख नदेखेको नरैनापुरमा सांसद ‘नमूना’ कै सक्रियता र पहलमा अअिले नरैनापुरको उक्त स्वास्थ्य केन्द्रमा एमविविएस डाक्टरले नियमित सेवा प्रवाह गरिरहेका छन् ।