खजुरा गाउँपालिकाको बजेट पारित


खजुरा गाउँपालिकाको बजेट पारित

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को बजेट संसोधनसहित पारित भएको छ ।

गत असार १० गते उपप्रमुख एकमाया विकले बजेट अधिवेशन तथा सातौं गाउँसभामा प्रस्तुत गरेको बजेट बिहीबार बसेको सभाले पारित गरेको हो । खजुराको बजेट आर्थिक वर्ष २०७७÷०७८ मा ७६ करोड ३६ लाख ७३ हजार ४८७ रहेको छ ।

सभासद वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले राखेको संशोधनसहित बजेट सर्बसम्मतले पारित गरेको थियोे । बजेट छ्लफलमा सभामा सभासद अतिउल्लाह खाँ, देउमाया थापा, हजुरा बम, जगबहादुर कामी, झुमा योगीले भाग लिँदै सुझाव दिएका थिए ।

खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले खजुरा गाउँपालिकामा निर्वाचन ताका गरिएका १०१ बुँदा घोषणापत्रमा ६५ बुँदा पूरा भएको र अन्य कार्यान्वयनको दिशामा रहेको बताए ।

खजुरा गाउँपालिकाको सातौं गाउँ सभामा सभासद देवीलाल खनालले अनुगमनको भत्ता कटौती गर्न राखेको प्रस्ताव सभाबाट पारित हुँदै उक्त रकम कृषिमा लगानी गरिने भएको छ । ५ लाख सम्मका योजना को अनुगमन वडा अध्यक्षको संयोजकत्वमा गरिने भएको छ ।