नेपालगन्ज : बिहीबार नेपालमा थप १०८ जनामा कोरोना भाइरस संक्रमण पाइएकोछ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणबाट थप १०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा नेपालमा थप १ सय ८ जनामा कोरोना संक्रमण देखिएको बताए ।
बिहीबार थपिएका १ सय ८ सहित कोरोना संक्रमितसगैं नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ३९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित नेपालमा कोरोना भाइरस जित्नेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ । भने कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ ।