६८४२ को पिसिआर, ९०९९ को आरडिटी परीक्षण
File Photo
नेपालगन्ज : बाँकेमा कोभिड–१९ का संक्रमितहरुको निको हुने दर बढेको छ । बाँकेमा कोरोना संक्रमणबाट संक्रमितहरुको निको हुने दर बढेसँग घर फर्किनेको लर्को नै लागेको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेशबाबु श्रेष्ठ बताउँछन् ।
उनकाअनुसार कोरोना संक्रमणले आजित बाँकेमा कोरोना संक्रमण निको भएर घर फर्कनेको संख्या उत्तिकै बढेको छ । बाँकेमा बिहीबारसम्म ७ हजार ८ सय ४२ जनाले पीसिआर परीक्षण गरेका छन् । आरडिटी परीक्षण ९ हजार ९९ जनाले गरेको फोकल पर्सन श्रेष्ठले बताए ।
अहिलेसम्म क्वारेन्टिनमा ११ हजार ७ सय ८७ जनाले सेवा लिएका छन् । आइसोलेसनमा बसि निको भएर ३ सय ४८ जना डिस्चार्ज भएका छन् ।
अहिले बाँकेका आइसोलेसनमा २२ जना मात्रै रहेको उनी बताउँछन् । जसमा ११ महिला ११ पुरुष छन् । बाँकेमा २ जनाको निधन भएको छ ।
बाँकेमा ३ सय ७२ जना मात्र संक्रमित भएको फोकल पर्सन श्रेष्ठले उपलब्ध गराएको रेकर्डले देखाएको छ । उनकाअनुसार बैजनाथ गाउँपालिका २२ र जानकी गाउँपालिकामा ८ वटै क्वारेन्टिन खाली भएका छ्न । अब अन्य ६ पालिकाका १६ क्वारेन्टिनमा २ सय ५ जना मात्र छन् ।
उनकाअनुसार स्वास्थ्य र भेरी असपतालमा रहेको प्रयोगशालाले बाँकेका परीक्षणको दायरा बढाउन सकेका छैनन् । नेपालगन्ज उपमहानगरपालिकालाई मात्रै निहाल्ने हो भने पनि यस नगरमा करिब एक लाखको हाराहारीमा जनसंख्या पुगेको छ । तर, कोरोना संक्रमणले उच्च जोखिममा रहेको यहि नगरमा १० हजार नागरिकको पनि सस्थ्य परीक्षण हुन सकेको छैन् ।
बाँकेको कोहलपुर नगरपालिकासँगै अन्य पालिकाको अवस्था पनि यस्तै देखिएको कोहलपुरका युवा नेता भुम भण्डारी बताउँछन् । उनकाअनुसार सरकरारले बाँकेका परीक्षणको दायरा बढाउन ध्यान दिनुपर्छ ।